कालचिनीः कालचिनी खण्डको प्रत्येक अञ्चल सम्मेलन गर्ने निर्देश बमोजिम सोमबार गारोपाड़ा अञ्चल सम्मेलन सम्पन्न भएको जानकारी गारोपाड़ा अञ्चल सभापति घुरन महलीले दिएका छन्। सोमबार साँझ सम्पन्न सो सम्मेलन राजाभात चियाबारीको मैदानमा सम्पन्न भएको थियो भने सो अवसरमा तृणमूलका कालचिनी ब्लक महासचिव हैदर अली अन्सारी र बाबुन सुबा एवम् अन्यान्य नेतृत्वहरूको उपस्थिति रहेको थियो। सम्मेलनमा गारोपाड़ा अञ्चलका बुथ स्तरीय नेता औ कार्यकर्ता साथै महिला, विद्यार्थी, ट्रेड यूनियन, जय हिन्द वाहिनी प्रतिनिधि अनि प्रत्येक पार्टका पञ्चायत सदस्य, पञ्चायत समितिको सदस्यको उपस्थिति रहेको थियो।
सम्मेलनमा आगामी २०२४ मा सम्पन्न हुने लोकसभा चुनाउलाई हेरेर बुथ मजबूत गर्ने र सयदिने कामको रकमको निम्ति जोरदार आन्दोलन गर्ने आदि विषयहरुमा चर्चा चलेको तृणमूल गारोपाड़ा अञ्चल सभापति घुरन महली र चेयरम्यान बान्टु चौधरीले जनाएका छन्। पार्टीको ब्लक कमिटीको निर्देश अनुसार सोमबार गारोपाड़ा अञ्चल सम्मेलन सम्पन्न भएको र यसरी नै लगातार कालचिनी, चुवापाड़ा, राजाभातखावा, लोथाबारी, साताली, मेन्दाबारी, मलङ्गी, दलसिंहपाड़ा, जयगाउँ एक र दुईमा लगातार अञ्तल सम्मेलन सम्पन्न हुने तृणमूल नेता हैदर अली अन्सारीले जनाएका छन्।