पाकिम: राज्य शहरी विकास तथा खाद्य एवं नागरिक आपूर्ति विभाग मन्त्री एलबी दासले आज टिस्टा बाढी प्रभावितहरूलाई अनुग्रह राशि प्रदान गरेका छन्। रम्फू महकुमा अन्तर्गत माझीगाउॅं राहत शिविरमा कुल ७६ घर मालिकहरूलाई अनुग्रह राशि प्रदान गरिएको छ।
मन्त्री दासले आईपीआर विभागका सल्लाहकार बिरेन्द्र तामलिङ र रम्फूकी एसडीएम सुजाता सुब्बाको उपस्थितिमा प्रत्येक घर मालिकलाई एक लाख तीस हजार रूपियॉं अनुग्रह राशि प्रदान गरे। अनुग्रह राशि वितरण एसडीआरएफ र एनडीआरएफको सहायता मापदण्ड अनुरूप प्रदान गरिएको बताइएको छ।