तञ्जानियाकी राष्ट्रपतिले प्रधानमन्त्रीसित गरिन् भेट

00-1-Rashtriya-Samachar-25-4

नयाँ दिल्लीः तञ्जानियाकी राष्ट्रपति सामिया सुलुहू हसनले सोमवार हैदराबाद हाउसमा प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट गरिन्। यसपूर्व

राष्ट्रपति सामिया सुलुहू हसनलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरियो। यस अवधि हसनले मीडियासित बातचित पनि गरिन्। उनले दुई देशबीच दशकौंदेखि रहिआएको उत्कृष्ट सम्बन्धको सराहना गरिन्। उनले आशा व्यक्त गरिन्, यस यात्राबाट राजनीतिक औ आर्थिक विकास तथा सहयोगको लागि बाटो खोलिनेछ। यसले दुई देशबीचको रणनीतिक साझेदारीलाई अग्रगति प्रदान गर्नेछ।

त्यसपछि उनले राजघाटमा पुगेर महात्मा गान्धीको समाधिमा पुष्पाञ्जलि अर्पण गरिन्। हसन अहिलेघरि भारतको चार दिवसीय यात्रामा छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement