नयाँ दिल्लीः राष्ट्रपति भवनमा सोमवार बिहान तञ्जानियाकी राष्ट्रपति सामिया सुलुहू हसनलाई औपचारिक स्वागत गरियो। यस अवसरमा राष्ट्रपति द्रौपदी मुर्मूसित प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए।
तञ्जानियाकी राष्ट्रपति सामिया सुलुहू हसनले द्विपक्षीय सम्बन्धलाई सुदृढ़ बनाउने उद्देश्यले गए आइतवारदेखि भारतको चार दिवसीय यात्रा शुरू गरेकी छन्। तञ्जानियाका कुनै पनि राष्ट्रपतिको आठ वर्षपछि यो पहिलो भारत यात्रा हो। तञ्जनियाकी राष्ट्रपतिको प्रधानमन्त्री मोदीसित विस्तृत दुईपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। १० अक्टोबरमा राष्ट्रिय राजधानी दिल्लीमा आयोजना हुने व्यापार एवं निवेश कार्यक्रममा पनि उनी सामेल हुनेछन्।
-हिस