लद्दाखः लद्दाख पहाड़ी स्वायत्त विकास परिषद् (एलएएचडीसी) कारगिलको चुनाउमा नेशनल कन्फ्रेन्सले उत्कृष्ट प्रदर्शन गरेको छ। नेशनल कन्फ्रेन्स १२ सीटमा जित हासिल गरेर सबैभन्दा ठूलो दलको रूपमा उदाएको छ।
दश सीट जितेर कंग्रेस दोस्रो स्थानमा छ भने भाजपालाई यस चुनाउमा मात्र दुईवटा सिटमा सन्तोष गर्नुपऱ्यो। जबकि आम आदमी पार्टीले एउटा सीट पनि जितेन। कड़ा सुरक्षाबीच गए आइतवार बिहानदेखि मतगणना शुरू भएको थियो। परिषदको २६ वटा सीटमा ८५ जना उम्मेद्वारहरूले उम्मेद्वारिता गरेका थिए। आइतवार अवेर रातिसम्म मतगणना भयो।
-हिस