सुप्रीम कोर्टले जयन्त पाटिलको याचिकामा महाराष्ट्र विधानसभा स्पीकरलाई नोटिस जारी गऱ्यो

00-1-Rashtriya-Samachar-25-4

नयाँ दिल्लीः सुप्रीम कोर्टले महाराष्ट्र विधानसभामा विधायकहरूको अयोग्यता मामिलामा एनसीपी नेता जयन्त पाटिलको याचिकामा सुनवाई गर्दै महाराष्ट्र विधानसभाका स्पीकरलाई नोटिस जारी गरेको छ। सुप्रीम कोर्टले यस मामिलालाई शिवसेनाको उद्धव ठाकरेको याचिकाको साथ ट्याग गर्ने आदेश दियो। मामिलामा आगामी सुनवाई १३ अक्टोबरमा हुनेछ।

एनसीपी विधायक जयन्त पाटिलले स्पीकरको तर्फबाट अयोग्यताको मामिलालाई जानीबुझी थातीमा राखेको आरोप लगाउँदै सुप्रीम कोर्टमा याचिका दर्ता गरेका छन्। पार्टीले आफ्नो याचिकामा भनेको छ, दुई महिनाभन्दा धेरै समय बितेको छ तर अहिलेसम्म स्पीकरले विधायकहरूलाई नोटिस दिएर सोधपुछको निम्ति बोलाएका पनि छैनन्।

याचिका अनुसार, विधायकहरूको अयोग्यताको अर्जी ०२ जुलाईमा दर्ता गरिएको थियो जबकि रमाइन्डर ०५ सेप्टेम्बर र प्रतिवेदन ०७ सेप्टेम्बरमा दिइयो। याचिकाकर्ताले स्पीकरसित व्यक्तिगत रूपमा भेटेर शीघ्र निर्णय लिने आग्रह गरेका थिए। तरैपनि अहिलेसम्म यसमा कारबाही गरिएन।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement