नयाँ दिल्लीः राष्ट्रपति द्रौपदी मुर्मूले सोमवार भनिन्, कृषि-खाद्य प्रणालीलाई अधिक न्यायसंगत औ समावेशी बनाउन आवश्यक मात्र छैन जबकि ग्रह अनि मानव जातिको भलाईको लागि पनि महत्वपूर्ण छ। राष्ट्रपतिले नयाँ दिल्लीमा सीजीआईएआर जेण्डर इम्प्याक्ट प्लेटफर्म तथा भारतीय कृषि अनुसन्धान परिषद (आईसीएआर)- द्वारा आयोजित ‘अनुसन्धानदेखि प्रभावसम्म: न्यायसंगत एवं लचिलो कृषि-खाद्य प्रणाली तर्फ’ विषयक अन्तरराष्ट्रिय अनुसन्धान सम्मेलनको उद्घाटन गरिन्।
यस अवसरमा राष्ट्रपतिले भनिन्, कुनै पनि न्याय रहित समाज समृद्धशाली भए पनि त्यसको अस्तित्व निश्चित रूपमा समाप्त हुनेछ। जब लैङ्गिक न्यायको कुरा आउँछ तब सबैभन्दा पुरानो विज्ञानको रूपमा मानिने कृषिलाई आधुनिक समयमा पनि कमजोर पाइन्छ। मुर्मूले भनिन्, कोभिड-१९ महामारीले कृषि-खाद्य प्रणाली औ समाजमा व्याप्त संरचनात्मक असमानताबीच एक मजबूत सम्बन्धलाई पनि अघि ल्याइदिएको छ। महामारी कालमा पुरूषहरूको तुलनामा महिलाहरूलाई नोकरीमा अधिक नोक्सान खेप्नुपऱ्यो जसबाट प्रवासन शुरू भयो।
राष्ट्रपतिले भनिन्, वैश्विक स्तरमा हामीले देखिसकेका छौं कि महिलाहरूलाई लामो समयसम्म कृषि-खाद्य प्रणालीदेखि बाहिर राखिएको छ। उनीहरू कृषि संरचनाको सबैभन्दा तल्लो पिरामिडको ठूलो अङ्ग हुँदाहुँदै पनि उनीहरूलाई निर्णय लिने भूमिका निर्वाह गर्नको लागि सिँढ़ीमा चढ़्ने अवसरदेखि वञ्चित गरिन्छ। मुर्मूले भनिन्, विश्वभरि नै उनीहरूलाई भेदभावपूर्ण सामाजिक मानदण्ड तथा ज्ञान, स्वामित्व, सम्पत्ति, संसाधन एवं सामाजिक नेटवर्कमा रोक लगाइन्छ। उनीहरूको योगदानलाई मान्यता दिइएको छैन। उनीहरूको भूमिकालाई सिमान्कृत गरिएको छ। यस कथामा परिवर्तन ल्याउन आवश्यक छ। उनले भनिन्, भारतमा हामी विधायी औ सरकारी हस्तक्षेपको माध्यमबाट महिलाहरू अझ अधिक सशक्त हुनका साथै उनीहरूमा परिवर्तन देखिँदैछ।
राष्ट्रपतिले भनिन, जलवायु परिवर्तन अस्तित्वगत खतरा हो र हामीले अब तीव्र गतिमा काम गर्न आवश्यक छ। जलवायु परिवर्तन, ग्लोबल वार्मिंग, हिउँ पग्लिनाले तथा प्रजातिहरू विलुप्त हुनाले खाद्य उत्पादन बाधित भइरहेको छ भने कृषि-खाद्य चक्र पनि टिकाउ र पर्यावरण अनुकूल छैन। यसले जलवायु कारबाहीमा बाधा सृजना गरिरहेको छ साथै ग्रीनहाउस ग्यासहरूमा वृद्धिको कारण पनि भइरहेको छ। उनले यसमाथि प्रकाश पारिन्, हाम्रो कृषि-खाद्य प्रणाली एउटा दुष्चक्रमा फसेको छ। हामीले यसको “चक्रव्यूह”-लाई चिर्न आवश्यक छ। राष्ट्रपतिले जैव विविधता बढ़ाउने तथा पारिस्थितिकी तन्त्रलाई बहाल गर्ने आवश्यकतामाथि पनि बल दिइन् ताकि सबैको लागि अधिक समृद्ध अनि न्यायसंगत भविष्यसँगसँगै कृषि-खाद्य प्रणालीहरूको माध्यमबाट खाद्य औ पोषण सुरक्षा सुनिश्चित गर्न सकियोस्।
-हिस