पाँचै चुनावी राज्यहरूमा कंग्रेसको सरकार बनिने खड़गेको दाबी

00-1-Rashtriya-Samachar-25-4

नयाँ दिल्लीः कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गेले सोमवार दाबी गरे, पाँचै चुनावी राज्यहरू क्रमैले छत्तीसगढ़, मध्य प्रदेश, राजस्थान, तेलङ्गाना औ मिजोरममा कंग्रेसले सरकार बनाउनेछ।

खड़गेले सोमवार एक्समा लेखे, चुनाउ आयोगले पाँच राज्यको चुनाउको मिति घोषणा गरेको छ। उक्त घोषणासितै भारतीय जनता पार्टी (भाजपा) र यसका साथीहरूको विदाईको उद्घोष पनि भएको छ। छत्तीसगढ़, मध्य प्रदेश, राजस्थान, तेलङ्गाना औ मिजोरममा कंग्रेस पार्टी सशक्त रूपमा जनता समक्ष जानेछ। कंग्रेस जन कल्याण, सामाजिक न्याय औ प्रगतिशील विकासको लागि प्रतिबद्ध छ।

उल्लेखनीय छ, पाँच राज्यको विधानसभा चुनाउको तारिक चुनाउ आयोगले घोषणा गरिसकेको छ। मिजोरम र छत्तीसगढ़मा आगामी ०७ नोभेम्बरमा, मध्य प्रदेशमा आगामी १७ नोभेम्बरमा, राजस्थानमा आगामी २३ नोभेम्बरमा अनि आगामी ३० नोभेम्बरमा तेलङ्गाना विधानसभाको चुनाउ सम्पन्न हुनेछ। सबै राज्यको मतगणना आगामी ३ दिसम्बरमा हुनेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement