भारत-तञ्जानियामाझ रक्षा क्षेत्रमा पाँच वर्षको रोडम्यापमाथि सहमति भयो: प्रधानमन्त्री

00-1-Rashtriya-Samachar-25-4

नयाँ दिल्लीः प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार भने, भारत-तञ्जानियामाझ रक्षा क्षेत्रमा पाँच वर्षको रोडम्यापमाथि सहमति कायम भएको छ। उनले भने, दुई देश यस विषयमा एकमत छन् कि आतंकवाद मानवताको लागि सबैभन्दा गम्भीर सुरक्षा खतरा हो।

प्रधानमन्त्री मोदीले आज हैदराबाद हाउसमा तञ्जानियाकी राष्ट्रपति सामिया सुलुह हसनसित विस्तार पूर्वक बातचित गरे। त्यसपछि दुवै नेताले संयुक्त प्रेसवार्तालाई सम्बोधन गरे। प्रधानमन्त्री मोदीले भने, आजको दिन भारत अनि तञ्जनियाको सम्बन्धमा एक ऐतिहासिक दिन हो। आज हामी आफ्नो शताब्दिऔं पुरानो मित्रतालाई सामरिक अंशदारीको सूत्रमा बाँधिरहेको छौं। भारत औ तञ्जानिया आपस्तको व्यापार एवं निवेशको लागि एका-अर्काको महत्वपूर्ण सहयोगी हो। दुवै पक्षले स्थानीय मुद्रामा व्यापार बढ़ाउनको लागि एक समझौतामाथि काम गरिरहेको छ।

उनले भने, भारतले आईसीटी केन्द्र, व्यावसायिक प्रशिक्षण, रक्षा प्रशिक्षण, आईटीईसी तथा आईसीसीआर छात्रवृत्तिको माध्यमबाट तञ्जानियाको कौशल विकास औ क्षमता निर्माणमा महत्वपूर्ण योगदान दिएको छ। जलापूर्ति, कृषि, स्वास्थ्य, शिक्षा जस्ता महत्वपूर्ण क्षेत्रहरूमा मिलेर काम गर्दै हामीले तञ्जनियाका मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गरेका छौं।

प्रधानमन्त्रीले भने, रक्षाको क्षेत्रमा हामीले पाँच वर्षको रोडम्यापमाथि सहमति कायम गरेका छौं। यसको माध्यमबाट सैन्य प्रशिक्षण, समुद्री सहयोग, क्षमता निर्माण, रक्षा उद्योग जस्ता क्षेत्रहरूमा नयाँ आयाम जोड़िनेछ। उनले भने, मलाई खुसी लागिरहेको छ कि तञ्जनियाले जी-२० समिटमा भारतद्वारा लञ्च गरिएको वैश्विक जैव इन्धन गठबन्धनसित जोड़िने निर्णय लिएको छ। साथै तञ्जानियाद्वारा लिइएको इन्टरनेशनल बिग क्याट एलायन्ससित जोड़िने निर्णयबाट क्याटको संरक्षणको लागि हामी वैश्विक प्रयासहरूलाई सशक्त बनाउन सक्नेछौं।

उनले भने, भारत अनि तञ्जनिया यस कुरामा एकमत छ कि “आतंकवाद मानवताको लागि सबैभन्दा गम्भीर सुरक्षा खतरा हो। यस सम्बन्धमा हामीले आतंकवादको सामना गर्नको लागि आपस्तको सहयोगलाई बढ़ाउने निर्णय पनि लिएका छौं।”

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement