राजभवन बाहिर धरनालाई लिएर राज्यपाल सख्त

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः पश्चिम बंगालमा सय दिनको रोजगार गारन्टी योजना सहित अन्य केन्द्रिय योजनाहरूसित सम्बन्धित केन्द्रिय अनुदान रोकिएको विरोधमा राजभवन बाहिर अभिषेक ब्यानर्जी र उनका पार्टीका नेताहरूको धरनामा राज्यपाल डा. सीवी आनन्द बोसले रोष व्यक्त गरेका छन्।

यहाँ सुरक्षाको दृष्टिले २४ घण्टा सात दिन धारा १४४ लागू भएपनि अभिषेक ब्यानर्जीले कसरी धऱना दिए, मंच कसरी बनाइयो, हजारौंको संख्यामा तृणमूल कांग्रेसका नेता र कार्यकर्ताहरूले लगातार पाँच दिनसम्म कसरी यहाँ जमा भएर हंगामा, नारा लगाइरहे, यसबारे उनले राज्य सरकारबाट जवाफ मागेका छन्।

राज भवनका एक अधिकारीले सोमवार बताए, आइतवार राति सिलगढ़ीदेखि कोलकाता फर्केपछि राज्यपालले राज्यका मुख्य सचिव हरिकृष्ण द्विवेदीलाई एउटा चिट्ठी लेखेका छन्। यसमा उनले सोधे, राजभवन बाहिर धरना दिनका लागि तृणमूल कांग्रेसलाई अनुमति दिइएको थियो कि थिएन ? राजभवन बाहिर यस प्रकारको धरना दिन मिल्छ कि मिल्दैन ? यसबारे के नियम छ ? के यसबाट कुनै कानूनको उल्लङ्घन भएको छ कि छैन ? उनले मुख्य सदिवलाई छिटोभन्दा छिटो प्रश्नहरूको जवाफ दिनलाई भनेका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement