उत्सव

Festival-1

अचेल सपनाका खजाना लाग्छ

जाति अस्मिताको कुरा…!

घर जलेको हो।

शहर जलेको हो।

पहाड जलेको हो ।

छ इन्च घटेको हो।

शिरदेखि पैतलासम्मै चुर्लुम्म डुबेकै हो।

मान्छे मरेको मरेकै भएको हो।

दबाउनु दबाएको हो।

छ्यास्सीले गर्नु गरेकै हो।

तबदेखि नै त चिनिन थालेको होl  

हामी पनि छौ है यहाँ….!

नत्र त के थियौ र केवल देशको पर्खाल।

भन्नुमा त तिमीलाई बहादुर भन्छन्।

देशको रक्षार्थ तिमी वीर गोर्खाली।

आउँछ जब जाति अस्मिताको कुरा

तब भन्छन् देशद्रोही…!

ऐ सरकार कुनै बेला सोच्नुहोला

हाम्रो मनको आगनमा बसेर

कस्तो रहेछ अभावहरु

कस्तो रहेछ हाम्रा सपनाका खजानाहरू।

मलाई छेक्नु छेक्छ

कहिले सरकारले

कहिले नेताले

कहिले बाध्यताले

कहिले छक्याउने आन्दोलनले।

अचेल भीडभित्रको

आवाजहरुको तोलमोल हुन्छन्।

आवाजहरु बिक्री हुन्छ यहाँ।

मेरा सपनाका खजाना

अचेल केवल चुनावी पर्वमा

निस्कन थालेका छन्।

स्वागत छ चुनावी पर्व तिमीलाई।

(लेखिका भारतीय नेपाली साहित्यको संसारमा सुपरिचित महिला कवि एवं गजलकार हुनुहुन्छ)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement