आईएनडीआईए गठबन्धनलाई तृणमूलको सुझाउ, जुन राज्यहरूमा सीट विभाजन सजिलो छ, त्यहाँ शीघ्र फसेला गरियोस्

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः पश्चिम बंगालको सत्तारूढ़ तृणमूल कांग्रेसले आईएनडीआईए गठबन्धनमा सबैभन्दा ठूलो दल कांग्रेसलाई सुझाउ दिँदै जुन राज्यहरूमा सीट विभाजन सजिलो छ, त्यहाँ छिटो फसेला गर्नु भनेको छ। २०२४ को लोकसभा चुनाउको मध्यनजर केन्द्रको भाजपा सरकार विरूद्ध बनेको गठबन्धनमा ममताले क्षेत्रीका बलियो दलहरूलाई उनीहरूको राज्यमा अधिक महत्व दिने सुझाउ अगावै दिएकी थिइन्। यसपछि तृणमूलले पश्चिम बंगालमा कांग्रेसको निम्ति ४२ मध्ये दुई सीट छोड्ने प्रस्ताव अगावै दिएको थियो। पार्टीका एक वरिष्ठ नेताले नाम उजागर नगर्ने शर्तमा भने, गठबन्धनको अझ् एक बैठकअघि जुन राज्यहरूमा सीट विभाजन सजिलो छ, त्यहाँ छिट्टै फसेला गरियोस् भन्ने चाहन्छौं ताकि भाजपा विरूद्ध प्रचार प्रसार शुरू हुन सकोस्।

जदयू र राजदले पनि यस्तै प्रकारको प्रस्ताव राखेको छ। आआपाको पनि यही प्रस्ताव रहेको छ। तृणमूलले भनेको छ, १५ दिनभित्र कम्तीमा ३०० सीटमा फसेला गर्नुपर्छ ताकि चुनी तयारी सजिलो होस्। मध्य प्रदेश, कर्नाटक, राजस्थान जस्ता राज्य जहाँ कांग्रेसको सरकार छ र महाराष्ट्र, तमिलनाडु, बिहार जस्ता राज्य जहाँ गैर भाजपा र कांग्रेसका सहयोगी दलहरूको सरकार छ, त्यहाँ सजिलै सीटहरू विभाजन हुनसक्छ। पश्चिम बंगाल, दिल्ली, उत्तर प्रदेश, पञ्जाब जस्ता राज्यमा स्थिति केही जटिल अवश्य छ तर यहाँपनि सीटहरूमा फसेला हुनु कठिन छैन।

यद्यपि, कांग्रेसले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन तर पार्टी सूत्रहरू अनुसार, तृणमूलको प्रस्तावमाथि विचार भइरहेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement