बुद्ध जयन्तीको उपलक्ष्यमा सद्भावना सत्सङ्ग समारोहको आयोजित

IMG-20220518-WA0145.jpg

सदाम: मानव उत्थान सेवा समिति दक्षिण सिक्किमका नाम्ची र सुम्बुक तहसीलको संयुक्त तत्त्वावधान एवं सदाम शाखाको विशेष सक्रियतामा बुद्ध जयन्तीको उपलक्ष्यमा सद्भावना सत्सङ्ग समारोह आयोजन गरियो। यो पुनीत अवसरमा सुम्बुक तहसील प्रभारी महात्मा अबोध बाईजी, नाम्ची तहसील प्रभारी महात्मा सरला बाईजी, नाम्ची सह-प्रभारी महात्मा वृन्दा बाईजीको विशेष उपस्थितिबीच आमन्त्रित अतिथिगण, स्थानीय श्रद्धालुलगायत सुम्बुक, रोङ, खानीगाँउ, केराबारी, मल्ली-डाँडा, पैयूँ, सदाम, नाम्ची नन्दुगाउँ, सालघारी-लोअर सालघारी, रविखोला, नामथाङ, तिमीतार्कु शाखाबाट प्रेमी भक्तजन र जिज्ञासुहरूको बाक्लो उपस्थिति रहेको थियो।
सर्वप्रथम सुम्बुक तहसील प्रभारी महात्मा अबोध बाईजीका बाहुलीद्वारा दीप प्रज्ज्वलन साथै श्री गुरुमहाराजजीको तस्वीरमा पुष्प अर्पणपछि सत्सङ्ग कार्यक्रममा एनआर राईले भगवान् बुद्धका महान् सन्देश सुनाए भने सदाम शाखाको बालसभाका नानीहरूले सुन्दर नृत्य साथै भगवान् बुद्धको अष्टाङ्ग मार्गका वाणीहरू प्रस्तुत गरे। सत्सङ्ग प्रवचनको क्रममा महात्मा वृन्दा बाईजीले भगवान् बुद्ध राजाका सुपुत्र रहेको हुँदा उनलाई कुनै कुराको कमी नभए तापनि यो सांसारिक धन-सम्पत्ति, वैभव आदिले आत्मिक शान्ति नदिने कुरा भगवान् बुद्धले महसुस गरेको बताइन्। “आत्मिक शान्ति केवल आत्मज्ञानद्वारा प्राप्ति हुन्छ, जुन ज्ञान समयका सद्गुरुबाट मात्र सम्भव छ”-उनले भनिन्।
यसरी नै नाम्ची तहसील प्रभारी महात्मा सरला बाईजीले उपस्थित भक्त समुदायलाई सम्बोधन गर्दै भगवान् बुद्धले उनै सच्चिदानन्द स्वरूपको ज्ञानको आवश्यकता मानव जीवन रहेको कारण उनले यो ज्ञानको खोजी गरेको साथै मानव कल्याणको निम्ति आफ्नो जीवन समर्पण गरेको बताइन्। अन्तमा मुख्य वक्ताका रूपमा सुम्बुक तहसील प्रभारी महात्मा अबोध बाईजीले आफ्नो सम्बोधनमा प्रत्येक मानव समाजले आफ्नो कर्म सुधार्नु सक्नुपर्ने बताइन्। “प्रत्येक मानवमा बुद्धत्त्व प्राप्त गर्ने क्षमता छ, तर त्यसको खोजी गर्दैनन्। जुन भगवान् बुद्धले आफ्नो समयमा मानव समाजमा प्रचार गरेका थिए। आत्मज्ञान जान्नु नै वास्तवमा बुद्धत्त्व प्राप्त गर्नु हो। समय-समयमा महापुरुषहरूको अवतरण हुन्छ, केवल आत्मज्ञानद्वारा चिन्न सकिन्छ। अहिले समयका सद्गुरु श्री सतपालजी महाराज यो धरतीमा मानव रूपमा हुनुहुन्छ, उहाँको सान्निध्यमा गई आत्मज्ञान प्राप्त गरी आफ्नो जीवनको कल्याण गर्न सकिन्छ”-उनले भनिन्। जनक सुब्बा, सुश्री यशोदा तिम्सिना, तिलक तिम्सिना, सुश्री मनिका भण्डारी, मनिम राई, मिलन राई, दीपेन राईले भजन प्रस्तुत गरे भने युवा प्रकोष्ठ सिद्धार्थ बस्नेतले कार्यक्रमको सञ्चालन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement