हमासको आक्रमणमा २६० जना मारिएको इजरायलको संगीत महोत्सव

cu9h2nbg_israel-afp_625x300_07_October_23.jpg

यरूशलेम: इजरायलमा संगीत प्रेमीहरू विगत केही सातादेखि सुपरनोभा संगीत महोत्सवको प्रतीक्षामा थिए। यो शनिबार दक्षिणी इजरायलको मरुभूमिमा आयोजना गरिएको थियो। जब चरमपन्थी समूह हमासले शनिबार इजरायलमा आक्रमण गर्यो, सुपरनोभा संगीत महोत्सव उनीहरूको प्रारम्भिक लक्ष्यहरू मध्ये एक थियो। इजरायलको उद्धार एजेन्सी जाकाका अनुसार यस ठाउँमा मात्रै हमासको आक्रमणमा हालसम्म २६० जनाको मृत्यु भएको पुष्टि भएको छ। हमासको आक्रमणको सार्वजनिक भएको भिडियोमध्ये एउटा यस्तो भिडियो थियो जसमा मानिसहरू मरुभूमिमा दौडिरहेका छन्, यो भाइरल भिडियो यही संगीत महोत्सवको हो।
घटनाका एक प्रत्यक्षदर्शीले भनेअनुसार केहि गडबड भएको पहिलो संकेत बिहान सबेरै साइरन बजेर रकेटको चेतावनी दिएपछि पाइएको थियो। उनले भने, ‘कसैले केही बुझ्नुअघि नै उनीहरुले बिजुली काटिदिए र एक्कासी कतैबाट (अतिवादी) आएर चारैतिर गोली चलाउन थालेl मानिसहरु भाग्न खोजे, कोही भागे र कोही भागेर आ–आफ्नो गाडीमा बसे तर जीपमा आएका बन्दुकधारीले गाडीमा गोली चलाउन थालेl’ दौडिरहेका मानिसलाई समेत गोली हानेको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement