कोलकाताः केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले हावड़ाको उलूबेरिया र दक्षिण २४ परगनाको डायमन्ड हार्बरको दुई नगर पालिकाहरूका पूर्व अध्यक्षहरूको घरमा सोमवार छापा मारेको छ। नगर पालिकाहरूमा नियुक्तिको कम्रमा यो छापा मारिएको हो।
केन्द्रिय एजेन्सीको सूत्रहरू अनुसार, एजेन्सीले डायमन्ड हार्बर नगर पालिकाका पूर्व अध्यक्ष मीरा हालदारको घरमा छापा मारिरहेछ जबकि हावड़ाको उलूबेरियाको पूर्व नगर पालिका अध्यक्ष अर्जुन सरकारको घरमा तलाशी अभियान चलाइँदैछ। उलूबेरिया नगर पालिकाको २० नम्बर वार्डमा उनको घर छ। बिहानैदेखि केन्द्रिय एजेन्सीका अधिकारीहरूले यी दुवै नगर पालिकाहरूका पूर्व अध्यक्षको घरलाई घेरेका छन् औं भित्र सीबीआईका अधिकारीहरूले तलाशी अभियान चलाइरहेका छन्। धेरै महत्वपूर्ण दस्तावेज जफत गरिएको दाबी पनि भइऱहेछ। उल्लेख्य, यसअघि आइतवार सीबीआईले ममता क्याबिनेटमा मन्त्री फिरहाद हकीम, तृणमूल कांग्रेसका विधायक र पूर्व मन्त्री मदन मित्राको घर सहित १२ ठेगानामा छापा मारेको थियो।
-हिस