रम्फू: टिस्टा जलप्रलयले प्रभावित रम्फू क्षेत्रमा राहत र उद्धार कार्यबारे जानकारी लिने उद्देश्य आज स्थानीय टुरिस्ट गेस्ट हाउसमा एउटा उच्चस्तरीय सभा बस्यो जसलाई लोकसभा सांसद इन्द्र हाङ सुब्बाले अध्यक्षता गरेका थिए। सभमा सांसद सुब्बाले क्षेत्रका राहत शिविरहरूमा रहँदै आएका प्रभावितहरूको आवश्यक्ताहरू बारे जानकारी लिएका थिए।
बैठकमा सांसद इन्द्र हाङ सुब्बाले जलप्रलयबाट प्रभावित क्षेत्रका विद्यार्थीहरूबारे पनि विशेष रुपले जानकारी लिए। यसको साथै उनले पुनरउत्थान कार्यबारे पनि जानकारी लिँदै यस कार्यलाई युद्धस्तरमा अघि बड़ाउने अपील गरेका छन्।

सभामा सिक्किम सरकारको सांस्कृतिक विभागका अध्यक्ष श्रीमती भीम कुमारी शर्मा, पाकिम जिल्काका अतिरिक्त जिल्लापाल श्रीमती अनुपा तामलिङ साथै अन्य शीर्ष अधिकारीहरूको उपस्थिति रहेको थियो।