नक्कली नियुक्ति पत्रलाई लिएर रायगञ्ज विश्वविद्यालयमा हंगामा

55ae8157-1d62-4134-a00c-efc5a9408fc9

विश्वविद्यालयका रजिस्ट्रारले रायगञ्जका पुलिस अधिक्षकलाई उजुरी

उत्तर दिनाजपुर: नियुक्ति र भ्रष्टाचारको विषयलाई लिएर प्रदेशको राजनीतिमा हंगामा मच्चिएको बेला रायगञ्ज विश्वविद्यालयमा नक्कली नियुक्ति पत्रलाई लिएर हंगामा भएको छ। रायगञ्ज विश्वविद्यालय लेटरहेडमा रजिस्ट्रार दुर्ल सरकारको सील हस्ताक्षर प्रयोग गरेर सेप्टेम्बर २७ मा एक नियुक्ति पत्र जारी गरिएको थियो। पत्रमा रायगञ्ज निवासी पवन महलदार नामका व्यक्तिलाई सम्बोधन गरिएको छ र उक्त व्यक्तिलाई विश्वविद्यालयमा ग्रुप सीको पदमा नियुक्त गरिएको पत्रमा लेखिएको छ। यो चिठी सामाजिक सञ्जालमा भाइरल भएसँगै आइतबार विश्वविद्यालयको ध्यानाकर्षण भएको हो।

यसपछि विश्वविद्यालयका रजिस्ट्रार दुर्लभ सरकारले रायगञ्ज पुलिस जिल्लाका पुलिस अधिक्षकलाई इमेलमार्फत उजुरी दिएका थिए। उनले घटना देख्नेबित्तिकै पुलिसमा उजुरी दिएको बताए। सामाजिक सञ्जालमा आएका पत्रहरू सबै नक्कली हुन्। यसअघि पनि विश्वविद्यालयको नाममा यस्तो पत्र जारी भएको थियो। कसैले विश्वविद्यालयलाई बदनाम गर्न खोजेको छ। तर यदि कसैलाई कुनै पत्रको बारेमा शंका छ भने, उनीहरूले विश्वविद्यालयमा सम्पर्क गर्नुपर्दछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement