यरूशलेम: इजरायलमा प्यालेस्टाइनी समूह हमासले एक्कासी आक्रमण गरेयता दुवै देशका गरेर १२ सयको मृत्यु भएको छ। गत शनिबार प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेको थियो। इजरायली सेनाले यसलाई सन् २००१ सेम्टेम्बरमा अमेरिकामाथि भएको जस्तै आतंकबादी हमलाको संज्ञा दिएको छ। हमासले गरेको आक्रमणमा अहिलेसम्म सात सय इजरायलीको मृत्यु भएको छ। जसमा १० जना अध्ययनका लागि गएका नेपाली विद्यार्थी पनि रहेका छन्। त्यसैगरी इजरायलले गरेको जवाफी हमलामा पाँच सय जना प्यालेस्टाइनीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इजरायलले गाजा सीमा नजिकका धेरै ठाउँहरूमा र इजरायलमा पनि हमासका लडाकु लुकेर बसेका हुन सक्ने आशंका गरेको छ। इजरायलमा एउटा संगीत समारोह भइरहेको ठाउँमामात्रै हमासले आक्रमण गर्दा २६० जना मारिएका जनाइएको छ।