नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले १० अक्टोबरको साँझ लगभग ४:३० बजे मेजर ध्यानचन्द स्टेडियम, नयाँ दिल्लीमा एशियाली खेल- २०२३ मा भाग लिने भारतीय खेलाड़ीहरूको दलसित भेट गरी सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री कार्यालय (पीएमओ)-ले सोमवार यसबारे जानकारी गराएको छ।
जानकारी अनुसार यो कार्यक्रम एशियाली खेल- २०२३ मा भारतीय दलको उत्कृष्ट उपलब्धिको लागि प्रधानमन्त्रीद्वारा खेलाड़ीहरूलाई बधाई दिइने अनि उनीहरूको भविष्यका प्रतियोगिताहरूको लागि प्रेरित गरिने एउटा प्रयास हो। भारतले एशियाली खेल- २०२३ मा २८ स्वर्ण पदक सहित कुल १०७ पदक जितेको छ। जितेका पदकहरूको कुल संख्या अनुसार एशियाली खेलमा यो भारतको सर्वश्रेष्ठ प्रदर्शन हो।
कार्यक्रममा एशियाली खेलमा भाग लिने भारतीय दलका खेलाड़ीहरू, उनीहरूका कोच, भारतीय ओलम्पिक संघका अधिकारी, राष्ट्रिय खेल महासंघका प्रतिनिधिगण साथै युवा मामिला एवं खेल मन्त्रालका अधिकारीहरू सामेल हुनेछन्।