नयाँ दिल्ली: मुख्य चुनाउ आयुक्त राजीव कुमारले सोमवार भने, लोकप्रिय घोषणाहरू गर्नु सजिलो छ, तर ती घोषणाहरूलाई पूरा गर्नु कठिन छ। यस्ता घोषणाहरूलाई रोक्नु पनि कठिन छ।
यस अवस्थामा मानिसहरूलाई यो बुझ्ने पूर्ण अधिकार छ कि वाचाहरू कसरी पूरा हुनेछन् ताकि जनताले जागरूक निर्णय लिन सकुन्।
दिल्लीमा पाँचवटा राज्यहरूको चुनाउ कार्यक्रमको घोषणा अवधि मुख्य चुनाउ आयुक्त राजीव कुमारले प्रश्न उठाए, चुनाउ नजिक आउनसाथ यसप्रकारका घोषणाहरू किन गरिन्छ। तथापि उनले स्पष्ट पारे, यो उनको कार्यक्षेत्र होइन। जहाँसम्म निशुल्क सामान एवं सेवाहरू दिने वाचाहरूको प्रश्न छ मानिसहरूलाई यो जान्न र बुझ्न पूर्ण अधिकार छ कि वाचा कहिले र कसरी पूरा हुन्छ। यसबाट जीडीपीमा कस्तो प्रभाव पर्छ। दिगो विकास लक्ष्यहरूमाथि कस्तो प्रभाव पर्छ र मानिसहरूलाई कुनै प्रकारको अतिरिक्त कर भुक्तान गर्नुपर्छ कि पर्दैन। चुनावी दलहरूसित भएको चर्चामा यी सबै विषयहरूमाथि चर्चा गरिएको थियो।
अर्को प्र्शनको जवाफस्वरूप मुख्य चुनाउ आयुक्त राजीव कुमारले भने, जम्मू-कश्मीरमा सही समयमा सुरक्षा स्थितिलाई मध्यनजर गर्दै चुनाउ गराइनेछ। सुरक्षा स्थितिलाई ध्यानमा राखेर अन्य राज्यहरूको चुनाउसित तालमेल मिलाएर यस केन्द्रशासित प्रदेशमा चुनाउ गराइनेछ।