चुनाव आयोगद्वारा ५ राज्यमा चुनावको मिति घोषणा

Election-Commission-660x495.jpg

नयाँ दिल्ली: देशका पाँच राज्यमा हुन लागेको विधानसभा चुनावको मिति घोषणा भएको छ। निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी निर्वाचनको मिति घोषणा गरेको हो। मध्य प्रदेश, छत्तीसगढ, राजस्थान, तेलंगाना र मिजोरममा विधानसभा चुनाव हुँदैछ। मुख्य निर्वाचन आयुक्त राजीव कुमारले ५ राज्यको ६७९ विधानसभा सिटमा चुनाव हुने बताए। मध्य प्रदेशमा ५.६ करोड मतदाता छन्। राजस्थानमा ५.२५ करोड मतदाता छन्। छत्तीसगढमा २.०३ करोड मतदाताले मतदान गर्नेछन्। मिजोरममा ८.२५ लाख मतदाताले मतदान गर्नेछन्। यी राज्यहरूमा ६०.२ लाख मतदाताहरू छन् जसले पहिलो पटक मतदान गर्नेछन्। राजीव कुमारले भने, ‘मिजोरममा ७ नोभेम्बरमा चुनाव
हुनेछ। छत्तीसगढमा दुई चरणमा मतदान हुँदैछ। पहिलो चरणको निर्वाचन नोभेम्बर ७ र दोस्रो चरणको १७ नोभेम्बरमा हुनेछ। राजस्थानमा एउटै चरणमा चुनाव हुनेछ। यहाँ २३ नोभेम्बरमा चुनाव हुनेछ। मध्य प्रदेशमा ७ नोभेम्बर र तेलंगानामा ३० नोभेम्बरमा मतदान हुनेछ। पाँचवटै
राज्यको चनाव परिणाम ३ दिसम्बरमा हुनेछ। छत्तीसगढमा मात्र दुई चरणमा निर्वाचन हुनेछ र बाँकी ४ राज्यमा एक चरणमा मतदान हुनेछl’ मुख्य निर्वाचन आयुक्तले पाँच राज्यमा ७.८ करोड महिला मतदाता रहेको बताए। यसपटक २३.६ नयाँ महिला मतदाताले मतदान गर्नेछन्।
निर्वाचन आयोगले पाँचवटै प्रदेशको भ्रमण गरेको छ। पार्टीका प्रतिनिधिलाई भेट्यौं। मतदान केन्द्रमा सबै सुविधा हुनेछ। ज्येष्ठ नागरिकले घरमै बसेर मतदान गर्न पाउनेछन्। ८० वर्षभन्दा माथिका मतदाताको संख्या २४.७ लाख रहेको छ। प्रत्येक मतदान केन्द्रलाई नियन्त्रण कक्षबाट अनुगमन गरिनेछ। १ लाख ७७ हजार मतदान केन्द्र निर्माण गरिनेछ। मतदान हुनुभन्दा दुई दिन अगाडि चुनाव प्रचारप्रसार बन्द हुनेछ।
राजीवकुमारले सरकारी कर्मचारीले आयोगको निर्देशनअनुसार काम गर्ने बताए। भिजिल एप मार्फत निर्वाचनमा भएको अनियमितताको उजुरी गर्न सकिनेछ। उजुरी प्राप्त भएपछि, १०० मिनेट भित्र कारबाही हुनेछ। प्रत्येक मतदान केन्द्र २ किलोमिटरको दायराभित्र रहनेछ। सरकारले चुनावका बेला कुनै पनि घोषणा गर्न सक्ने छैन। १७ नोभेम्बरसम्म मतदाता नामावली प्रकाशित हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement