कोचबिहार। मेखलीगञ्ज ब्लकको जमालदह ग्राम पञ्चायतको सरकारी वन क्षेत्रमा एक व्यक्तिको शव फेला परेपछि सनसनी फैलिएको छ। सोमबार बिहान स्थानीय गाउँले महिलाहरु जङ्गलमा दाउरा खोज्न जाँदा शव देखा परेको थियो। घटना प्रकासमा आएपछि मेखलीगञ्ज ब्लकको जमालदाहमा सनसनी मच्चिएको छ। खबर पाएलगत्तै मेख्लीगञ्ज थानाका पुलिसबल घटनास्थलमा पुगेको थियो। पुलिसले शव बरामद गरी पोष्टमार्टमका लागि माथाभाङ्गा शव गृहमा पठाएको छ।

पुलिस सुत्रले जनाए अनुसार ती व्यक्ति ३ दिनअघि जमालदहस्थित आफन्तको घर गएका थिए। त्यसपछि त्यहाँबाट बेपत्ता भएका थिए। आज बिहान जमालदह जंगलबाट उक्त व्यक्तिको शव फेला परेको थियो। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।