तीनधारेबाट टिस्टामा बाढ पिढीतहरूलाई राहत सामग्री बितरण

IMG-20231009-WA0349.jpg

खरसाङ: घैयाबारी दुई ग्राम पञ्चायत संसद चारका पञ्चायत सदस्य योगराज प्रधानको पहलमा क्रिकेट बजार तीनधारेका सचेत युवावर्ग क्रमैले अङ्कित राई, सोनाम लामा, रोहित गुरुङ, पप्पी प्रधान, रूपेन परियारको टोलीद्वारा तीनधारे क्रिकेट बजारका सम्पूर्ण ग्रामवासीबाट संग्रह गरिएको राहत सामग्रीहरू टिस्टा क्षेत्रका प्रकृतिक प्रकोपमा परेका पिढीत जनसाधारणहरूसम्म पुरयाउने कार्य गरिएको छ। बाटोको असुविधालाई मध्यनजर गरी तकदाह भएर राती छ बजे टिस्टाका स्थानीय रोनित गुरुङ , राजेश दर्नाल, दिलीप सुब्बा अनि पूर्ण सुब्बाका सहयोगमा वहाँहरूकै वाहनमा टिस्टा र गेल खोला राष्ट्रिय राजमार्ग दशसम्म पुगेर पिढीतहरूका अवस्था देखेर राहत वितरण गरिएको छ।

यसको साथै पिढीत अशोक गुरुङबाट सम्पूर्ण विवरणहरू सुन्दा आँखाबाट आँशु आएको योगराज प्रधानले बताएका छन्। लगाउने लुगाफाटा धरी निकाल्न नपाएका घर सम्पत्ति सब गुमाएका एघार परिवार समक्ष राहत सामग्रीहलू प्रदान गरी उक्त टोली राती एक बजे तीनधारे आफ्नो बासस्थान आइपुगेको थाहा लागेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement