नानीहरूलाई पठन पाठनमा चाहिने सबै सामानहरू स्कूलमै प्रदान गरिएको छ: राजेस चौहान
टिस्टा: प्राकृतिक आपदापछि आजदेखि टिस्टा, मल्ली र रम्फु क्षेत्रका प्राथमिक पाठशालाहरू खोलिएको छ। हिजो जीटीएको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा बोर्डका प्रमुख राजेस चौहान र टिमले बाढ़ी प्रभावित टिस्टा, मल्ली र रम्फु क्षेत्रको भ्रमण गरेर आजदेखि पाठशालाहरू खोलाउन पहल गरेका थिए। आजदेखि बाढ़ प्रभावित टिस्टा, मल्ली र रम्फु क्षेत्रका पाठशालाहरू खोलिएको छ। पाठशालाहरू खोलिएसितै नानीहरूका पठन पाठनको लागि आवश्यक सर सामानहरू पनि वितरण गरिएको छ। विशेष गरेर नानीहरूलाई चाहिने किताब, खाता, पेन्सिल लगायत अन्य सर सामानहरू वितरण गरिएको छ भने विद्यार्थीहरूका लागि स्कूलको पोशाकहरू सिलाउन स्कूलमै टेलरहरू बिहानैदेखि आएर नापजोख गरेको जानकारी प्राप्त भएको छ। आजको भ्रमणमा डुपेटी चेयरम्यानसितै कार्यकारी निर्देशक एम मदाक, कालेबुङका डीआई सयद मोमिनिर रहमान, पीआरओ कालेबुङ अनुप छेत्री लगायत अन्यहरू पनि उपस्थित रहेका थिए। यसावधि पत्रकारहरूसित कुराकानी गर्दै राजेस चौहानले हिजो निरीक्षण गरेपछि आजदेखि स्कूलहरू खोलिएको छ र नानीहरूलाई पठन पाठनको लागि चाहिने सर सामानहरू प्रदान गरिएको साथै स्कूल पोशाकको लागि बिहानदेखि प्रत्येक स्कूलमा टेलरहरू आएर नापजोग गरेको बताए। उनले आजदेखि स्कूलहरू खोलाउन र राहत शिविरमा बसेका नानीहरूलाई स्कूलसम्म लानलाई गाडीको पनि व्यवस्था गरिएको बताएका छन्। उनले प्रकोप देखेका नानीहरूका मनोस्थिति ठीक गर्नलाई रायम्सहरु र नृत्यहरू गराइएको पनि बताएका छन्।