हेल्पिङ ह्यान्ड्स संस्थाद्वारा पाठ्य सामग्रीहरू वितरण

00-1-Rajya-Samachar-1

मल्ली: हेल्पिङ ह्यान्ड्सले बाढ पीढित नानीहरूलाई शिक्षादेखि वञ्चित गराउनु हुँदैन भन्ने मुल उद्देश्य लिएर हेल्पिङ ह्यान्ड्स संस्थाका प्रमुख दिपिका छेत्रीले सबैसित सहयोगको अपील गर्दै सहयोग मागेपछि ती उठेको सहयोग राशीले बाढ पीडित नानीहरुलाई शिक्षा आर्जन गराउनको निम्ति तिनीहरूलाई चाहिने अवश्यक सामाग्रीहरु जस्तै खाता-पेन्सिल,पुस्तक, कलम स्कुल, स्कुल ब्याग आदि लिएर भालुखोप मल्ली पुगेर सहयोग गरेका छन्। ती नानीहरु स्कुल ब्याग, किताब, कलम, पेन्सिल र स्कुल ड्रेस पाएपछि धेरै खुसी भएको देखियो। यसरी बाढ पीडित नानीहरूलाई शिक्षा आर्जन गराउनको निम्ति सहयोग पुराउने सम्पूर्ण व्याक्ति, संघ-संस्थालाई हेल्पिङ ह्यान्डसको तर्फबाट संस्थापक सदस्य दिपिका छेत्रीले आभार ब्यक्त गरेकी छन्। अहिलेको परिस्थितिमा बाढ पीडित परिवारका नानीहरुलाई सहयोग गरे वापत् स्थानीय वासिन्दा ग्रेसी थेगिमले हेल्पीङ ह्यन्ड्सका सम्पूर्ण प्रतिनिधिगण अनि सहयोगी हातहरूलाई कृतज्ञता प्रकट गरेका छन्।

About Author

Advertisement