उत्तर सिक्किममा फँसेका पर्यटकहरूलाई भारतीय सेनाद्वारा सहयोग प्रदान

WhatsApp-Image-2023-10-09-at-12.12.31-1024x682.jpeg.jpg

सिक्किम: भारतीय सेनाको त्रिशक्ति कोरका जवानहरूले गत मंगलबार राति सिक्किममा प्राकृतिक आपदामा निखोज भएका सेनाका जवान तथा मानिसहरूको खोजी तथा उद्धार कार्य जारी राखेको छ। यसको साथै उत्तर सिक्कममा फँसेका पर्यटकहरूलाई पनि सहयोग पुर्‍याइरहेको छ। प्राप्त जानकारी अनुसार त्रिशक्ति कोरका जवानहरूले उत्तर सिक्किमको लाचेन, लाचुङ, चुङथाङ र छाङ्गु इलाकामा फँसेका ६३ जना विदेशी नागरिकहरू सहित १७०० जना पर्यटकहरूलाई सहयोग प्रदान गरिरहेको छ। यसको साथै सेनाद्वारा भोजन, चिकित्सा तथा सञ्चारको सुविधा पनि उपलब्ध गराइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement