चिया बगानबाट फेरि जंगली चितुवा समातियो

IMG-20231009-WA0298.jpg

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको तसती चिया बगानबाट फेरि एक वयस्क चितुवा समातिएको छ। शनिबार वन विभागले राखेको खोरमा सोमबार बिहान फेरि चितुवा फसेको हो। चिया मजदुरले देख्नेबित्तिकै वन विभागलाई खबर गरेका थिए।

जल्दापारा वन विभागको मदारीहाट रेन्जका वनकर्मीले घटनास्थल पुगेर चितुवालाई नियन्त्रणमा लिएका थिए। जसका कारण तसती चिया बगानका मजदुरहरुले पनि राहतको सास फेरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement