सिलगढी: आजदेखि केन्द्र सरकारले घोषणा गरे बमोजिम १८ वर्ष माथिका सबैलाई निशुल्क बुस्टर डोज लगाउने प्रक्रिया शुरु भएको छ। देश स्वाधीन भएको ७५औँ वर्ष पुगेको उपलक्ष्यमा देशभरि नै अमृत महोत्सव पालन गरिरहेको छ। यसैको एउटा अंशको रुपमा आजदेखि ७५ दिनसम्म देशभरि नै १८ वर्षदेखि माथिका सबैलाई निशुल्क बुस्टर डोज दिइने घोषणा गरेपछि सिलगढी पनि बुस्टर डोज शुरु गरिएको छ। पश्चिम बंगाल स्वास्थ्य विभागको निर्देशानुसार आजदेखि सिलगढी जिल्ला अस्पतालमा बुस्टर डोज लगाउने प्रक्रिया शुरु भएको छ। बिहानदेखि नै बुस्टर डोज लगाउने भीड देखियो। सरकारको या पहललाई सर्वसाधारणले मुग्ध कण्ठले प्रशंसा गरिरहेका छन्।