युवकद्वारा आत्मदाहको कोशिश

IMG-20231009-WA0228.jpg

सिलगढ़ी। मेडिकल आउटपोस्ट नजीकै पुगेर एकजना युवकले आफ्नो शरीरमा केरोसिन तेल खनाएर आत्मदाह गर्न खोजेको घटनाले क्षेत्रमा सनसनी मच्चिन पुगे। उक्त युवकले यसरी आत्मदाह गर्न खोजेको देखेर स्थानीय बासिन्दाहरु र पुलिसले उक्त युवकलाई सम्झाई बुझाई गरेर शान्त बनाएको थियो। शान्त बनेपछि युवकलाई किन यसो गर्न खोजेको भनि सोधिन्दा जमीनको मामिला लिएर बताएका छन्। मेडिकल मोड़ छेउको युवकको जमीनलाई एकजना बासु घोष नामक व्यक्तिले कब्जा गरेको बताईएको छ। उल्टा युवकको नाममा विभिन्न पुलिस स्टेशनहरुमा उक्त व्यक्तिले अभियोग दर्ता गरेकोले तनाउमा आएर आत्महत्या गर्न खेजेको युवकले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement