सिलगढ़ी। वन विभागले जंगली जनावर र मानिसबीचको द्वन्द्व रोक्न एसियन हाइवेमा सचेतना अभियान चलाए। बागडोगरा ट्राफिक पुलिसले यसमा सहयोग गर्दै गति सीमा ४० किलोमिटरभन्दा कम राख्न चालकलाई आग्रह गरेको छ।
उक्त कार्यक्रममा बागडोगरा रेन्जर सोनम भुटिया, जम्बो ट्रुप्स सदस्य रिकज्योति राय लगायतको उपस्थिति रहेको थियो।

सड़कमा मानिस र हात्तीबीच हुने द्वन्द्व कम गर्न यो सचेतना अभियान सञ्चालन गरिएको सोनम भुटियाले बताएका छन्।