चुङथाङको सुरुङबाट 6 जना सकुशल उद्धार

IMG-20231009-WA0002.jpg

गान्तोक: मंगन जिल्लाको चुङ्थाङस्थित सिक्किम ऊर्जा लिमिटेड जलविद्युत् परियोजनाको बाँधको सुरुङबाट कूल ६ जनालाई सकुशल उद्धार गरिएको जानकारी गराइएको छ। उद्धार गरिएका व्यक्तिहरू मध्ये एकजना अधिकारी र पाँचजना मजदुर रहेका छन्। प्रकृतिक प्रकोपको चौथो दिन उनीहरूलाई आईटीबीपीको ११औं बटालियनद्वारा उद्दार गरिएको हो। उल्लेखनीय छ, गत ३-४ अक्टोबर राति उत्तर सिक्किमको दक्षिण लोहनार्क झील परिसरमा बादल फाटेपछि टिस्टा नदीमा आएको बाढ़ीले चुङ्थाङलाई सर्वाधिक क्षति पुर्‍याएको छ। टिस्टा नदीको पानीले चुङ्थाङलाई जोड्ने मुख्य सड़क मार्गहरू पनि ध्वस्त बनाएकाले चुङ्थाङसँग सम्पर्क टुटेको छ। यस कारण यहाँ बाढ़ीले पुऱ्याएको क्षयक्षतिको वास्तविक आकलन गर्न भने अहिलेसम्म नसकिएको अवगत गराइएको छ। यसैबीच जलविद्युत् परियोजनाको सुरुङबाट त्यहाँ कार्यरत 6 जना कर्मचारीहरूलाई जनालाई सकुशल उद्धार गरिएको जानकारी प्राप्त भएको छ। उद्दार गरिएका व्यक्तिहरूमा कम्पनीका एजीएम भीम सिंह, महेन्द्र सिंह, सुभम कर्माछर, अमित कुमार, बिपुल नर्जिनारी र सञ्चमान लिम्बू सामेल रहेका छन्।

About Author

Advertisement