पाक्योङ: सरकारको विद्युत विभागले ११ केभी रम्फू मेन लाइनको पुनर्निर्माणको काम गएराति पूरा गरेको छ। पश्चिम पान्डाम क्षेत्रहरू सहित सम्पूर्ण रम्फू क्षेत्रमा फेरि बिजुली पुनर्बहाली भएको छ। तल्लो आईबीएम बेल्टको जलमग्न क्षेत्रहरूमा ४५ एलइडी फ्लड लाइटहरू जड़ान गरिएको छ। विद्युत विभागले आईबीएम कम्प्लेक्समा आफ्ना तीनवटा डिजेल जेनेरेटरहरू जडान गरेको छ। साथै सातवटा डिजेल जेनेरेटरहरू राहत शिविरमा लगाइएको छ। माजीटार, बागेखोला, बरदाङलगायतका बाँकी क्षेत्रमा पनि पुनःबहालीको प्रयास गरिएको भएपनि लाइन पुनःस्थापना हुन सकेको छैन। विभागीले क्षेत्रमा सक्रियरुपमा आफ्नो काम जारी राखेको छ। प्रारम्भिक पुन सुचारु गर्नका लागि रम्फू टोलीलाई नामथाङ डिभिजनले जनशक्तिसहित व्यापक सहयोग गरेको थियो।