बदमासहरूले रिक्सा चालकलाई कुटपिट गरी पैसा पनि खोसेर चम्पट

IMG_20220715_170027.png

सिलगढी: एकजना रिक्सा चालकलाई आज केही बदमासहरूले कुटपिट गरी छिनताइ गरेको खबर प्राप्त भएको छ। घटना एनजेपी थाना अन्तर्गत पर्ने नेताजी मोड इलाकामा भएको हो। प्राप्त जानकारीअनुसार कुचबिहार निवासी पिन्टु राय सिलगढीमा रिक्सा कुदाएर परिवारको भरणपोषण गरिरहेका छन्। घर जान भनेर अलिअलि पैसा जम्मा गरेर पनि राखेका थिए। आज बिहान ९ बजेतिर एनजेपी मोडबाट रिक्सा कुदाएर आइरहेको समय केही दुष्कर्मीहरुले तिनलाई बाटोमा रोकेर कुटपिट गरे साथै उनीसित भएको रुपियाँ पैसा पनि जम्मै खोसेर लगे।घटनापछि पिडित रिक्सावालाले ती दुष्कृतिहरुविरुद्ध एनजेपी थानामा अभियोग दर्ता गरे।पिन्टु रायले बताएअनुसार रिक्सा चलाएर दुःख गरी उनी आफुसित दुइ हजार पाँच सय रुपियाँ जम्मा गरेका थिए।ति आरोपीहरुलाई कानुनले चाँडो भन्दा चाँडो पक्रेर कठोर सजाय दिनु पर्ने माग पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement