केन्द्रीय गृह राज्य मामिला मन्त्री मिश्राले गरे नागाको भ्रमण

IMG-20231008-WA0257.jpg

गान्तोक: सिक्किम राज्यको वास्तविक स्थितिको विवरण लिन सिक्किम आएका भारत सरकारको केन्द्रीय गृह राज्य मामिला मन्त्री अजय कुमार मिश्राले आज उत्तर जिल्लास्थित नागामा प्रकोप प्रभावित स्थलको निरीक्षण गरे। राज्यमा प्रकृतिक प्रकोपबाट भएको क्षतिको अवस्थाबारे सम्बोधन गर्दै उनले देशका प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको बताए। केन्द्र सरकारको तर्फबाट राज्यका सबै पीडित परिवारलाई राहत र सहयोग गर्ने आश्वासन दिए। उनले विशेष गरेर मूलधारबाट सम्पर्क विच्छेद बनेको जिल्ला, गाउँमा राहत सामग्री पुऱ्याउनु पर्ने र फँसेका मानिसहरूलाई उद्दार गरिनु पर्ने विषयमा प्राथमिकता दिएर सरकारले काम गरिरहेको अवगत गराए।राज्यमन्त्रीले प्रकृतिक प्रकोपको कारण प्रभावित बनेको क्षेत्रमा भएको धनजनको क्षति, सडक सञ्चालन, विद्युत आपूर्ति, खानेपानीलगायतका अन्य विषयमा पनि जानकारी गराए।उनले स्थानीयहरूसँग अन्तरक्रिया गर्दै सरकारबाट आवश्यक सबै प्रकारको सहयोग गर्ने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement