टिस्टा जल प्रलयको पॉंचौ दिन मृतकहरूको संख्या ३३ पुग्यो, १०५ बेपत्ता

IMG-20231004-WA0186.jpg

गान्तोक: टिस्टा नदीको भेलको चपेटमा परेर मर्नेहरूको संख्या ३३ पुगेको छ। यसैगरी, २६ जना गम्भीर रूपमा घाइते बनेका छन् भने भेलले बगाएर १०५ जना अझै पनि बेपत्ता छन्।

सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणले आइतवार जारी गरेको रिपोर्ट अनुसार, टिस्टा नदीमा आएको जलप्रलयको पॉंचौं दिनसम्म मर्नेहरूको संख्या बढ़ेर ३३ पुगेको छ। मृतकहरूमा मंगन जिल्लाबाट 4, गान्तोक जिल्लाबाट ६ र नाम्ची जिल्लाबाट २ रहेका छन्। पाकिम जिल्लाबाट सर्वाधिक २१ जना रहेका छन् जसमा ९ जना सेनाका जवानहरू पनि सामेल छन्।

बाढ़ीले ९० गाउॅं/वार्ड/नगर पञ्चायतका ६० हजारभन्दा धेरै मानिसहरू प्रभावित बनेका छन्। बाढ़ीको चपेटमा परेर १६५५ घर क्षतिग्रस्त बनेका छन् जसमा १३२० घर पूर्ण/गम्भीर रूपमा क्षतिग्रस्त बनेका छन्। आजको दिनसम्म कुल २७०७ जना उद्धार गरिएका छन् भने कूल २८ राहत शिविरहरूमा ६,८४७ जना छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement