मुख्य सचिवको अध्यक्षतामा अतिरिक्त धनराशिलाई लिएर बैठक सम्पन्न

n5453479901696780646642e80eec2e4e950e0947436a535c3f3589b88d549da57d10b020088a73b2022666.jpg

गान्तोक: राज्यका मुख्य सचिव भीबी पाठकको अध्यक्षतामा आज टाशीलिङ सचिवालयमा एक महत्वपूर्ण बैठक सम्पन्न भयो। उक्त बैठकमा विशेष रूपमा राष्ट्रिय आपदा प्रतिक्रिया कोष (एनडीआरएफ) बाट क्षेत्रगत क्षति र कोषको आवश्यकता भएकाले थप आर्थिक सहयोग (एएफए) माग गर्ने उद्देश्यले अन्तरिम ज्ञापनपत्रमाथि छलफल गरियो।

राज्यमा प्रकृतिक प्रकोपमा परि भएको क्षतिलाई ध्यानमा राख्दै बैठक आयोजना गरिएको हो।

बैठकमा एनडीआरएफबाट थप वित्तीय सहायता माग्नको निम्ति यसको मापदण्डहरूमा विस्तृत छलफल गरेको थियो, जसमा अन्तर-मन्त्रालयीय केन्द्रिय टोलीको भ्रमणमा आधारित मूल्याङ्कन पनि समावेश गरिने भएको छ। उक्त टोली राज्यमा आएपछि मुख्य सचिवले विभिन्न विभागका प्रमुखहरूलाई लिएर यसबारेमा जानकारी गराउने पनि आजको यस बैठकमा निर्णय लिएको छ।

आजको यस बैठकमा पुलिस महानिर्देशक एके सिंह लगायत विभिन्न विभागका प्रमुखहरूले पनि सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement