मन्त्री सञ्जीत खरेल र मन्त्री एमएन शेर्पाले गरे आईबीएमको निरीक्षण

n545347988169678049405551a6b4ab8be2070638ec749577e6d2510131aaea8577e71fd445b56d071c8eb2.jpg

गान्तोक: राज्यका महिला एवम् वाल विकास विभाग मन्त्री सञ्जीत खरेल र ऊर्जा एवम् विद्युत विभाग मन्त्री एमएन शेर्पाले हिजो रम्फूस्थित आइबीएमको बाढ प्रभावित क्षेत्रको निरीक्षण गरे।

निरीक्षणको क्रममा मन्त्रीद्वयले विशेष गरेर उक्त स्थानमा पानी जाम भएपछि देखिएको समस्याले गर्दा मानिसहरूलाई पून आफ्नो घर फर्किनमा केही कठीनाइ भइरहेको साथै आवत जावतमा पनि रोक लगाइएकोबारे जानकारी लिए।

यसै क्रममा उनीहरूले सत संघ मन्दिर क्षेत्रको भ्रमण गर्दै त्यहाँ पानी बग्ने नालाको पूर्णरूपमा व्यवस्था गरिनुपर्ने विषयमा जोर दिए। उनले सम्वन्धित अधिकारीहरूलाई सर्वप्रथम पानी बग्ने नालाको सर सफाई गर्नुपर्ने निर्देश दिए। सोही प्रकारले उनले पेट्रोल पम्पको पनि निरीक्षण गरे जहाँ पानी बग्न नपाएपछि देखिएको समस्यालाई ध्यानमा राख्दै शीघ्र पहल गरिनुपर्ने सुझाउ दिए।

मन्त्रीले स्थानीयहरूसँग कुराकानी गर्दै राज्य सरकारको तर्फबाट हुन सक्ने सबै प्रकारको सहयोग प्रभावित परिवारालई प्रदान गर्ने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement