यो परिस्थितिमा सबै मिलेर पिढीतहरूका सुविधाको लागि कार्य गर्न जरूरी छ: राज्यपाल
टिस्टा: पश्चिम बंगालको राज्यपाल डा सीबी आनन्द बोस आज टिस्टा क्षेत्रको बाढ़ प्रभावित क्षेत्रको निरीक्षण भ्रमणमा आएका थिए। उनले टिस्टा नदीले गरेको विनासको कारणले पिढीत बनेकाहरूलाई भेटेका छन्। उनले विभिन्न स्थानमा रहेका बाढ़ पिढीतहरूलाई भेटेर बातचीत पनि गरेका थिए। राज्यपाल डा सीबी आनन्द बोसले आफ्नो भ्रमणको समय पत्रकारहरूसित कुराकानी गर्दै यो धेरै दु:खको समय हो र यस समय मानिसहरूले दु:ख पाएका छन् भनी बताए। उनले यो प्राकृतिक प्रकोप हो र प्रकृतिले गरेको विनास हो। तर प्रकृतिको यो रूपको कारण मानिसको क्रियाकलापले पनि हो भनी बताए। राज्यपालले भने, यो समय सोचेर निर्णय लिने अनि काम गर्ने समय हो।

विशेष गरेर पर्यावरण संरक्षणको लागि काम गर्न आवश्यक छ। यो समय पिढीतहरूलाई अपतकालीन रूपमा राहत प्रदान गरिनुपर्छ र यो भ्रमणको मुख्य उद्देश्य पनि यही हो।’ उनले अझ भने, यो समय सबै मिलेर काम गर्नपर्छ अनि अघिल्लो चरणमा के के काम गर्नुपर्छ त्यो सोचेर गर्नुपर्छ। स्थानीय पिढीतहरूका स्थिति बुझेर अनि उनीहरूका सुविधाको लागि काम गर्नु जरूरी छ।’