मुख्यमन्त्री तामाङले गरे डिक्चुका प्रभावित परिवारसँग भेट

n5453479821696780199758b3753974388ba04b0daf29507e53b71ff51cb2f8451236baf6727b23120cb16e.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज डिक्चुको बाढ़ प्रभावित स्थलको निरीक्षण गर्दै त्यहाँको वास्तविक स्थितिको जानकारी लिए। निरीक्षणको क्रममा मुख्यमन्त्री तामाङले प्रभावित परिवारसँग कुराकानी गर्दै संकटको घड़ीमा सरकार सदैव पीडित पक्षको साथ रहेको बताए।

मुख्यमन्त्रीले डिक्चुका घरहरू पूर्ण रूपले क्षतिग्रस्त बनेका प्रत्येक परिवारलाई तत्काल राहत स्वरूप ५० हजार प्रदान गरे भने मुख्यमन्त्री आपदा राहत कोषबाट एक-एक लाख रुपियाँ प्रदान गर्ने घोषणा गरे। यससँगै मुख्यमन्त्रीले पीड़ितहरूलाई आफ्नो पक्षबाट पनि १०-१० हजार रुपियाँ तत्काल सहयोग प्रदान गरे। यो आपदाको समयमा सरकार सदैव साथ रहेको विश्वास दिलाउँदै मुख्यमन्त्री तामाङले बाढ़ले कस-कसको कति क्षति पुऱ्यायो त्यसबारे विस्तृत रिपोर्ट लिन सरकारको प्रतिनिधि टोली केही दिनभित्रै स्थलगत भ्रमणमा आउने जानकारी गराए।

बाढ़ प्रभावितहरूलाई सामान्य जीवनमा फर्काइल्याउन सरकारले हर-सम्भवत कोशिष गरिरहेको र प्रभावित परिवारलाई पूनः पहिलाको अवस्थामा फर्काउने प्रयासमा सरकार कोरहेको बताए। उनले प्रभावित परिवारलाई सोही स्थानमा पूनः घन नबनाउने पनि आग्रह गरे। मुख्यमन्त्रीले प्रभावित परिवारलाई सुरक्षित स्थान हेरेर घर निर्माण गर्नुपर्ने र यसको निम्ति सरकारको तर्फबाट सबै प्रकारको सहयोग प्रदान गर्ने विश्वास दिलाए।

निरीक्षणको क्रममा मुख्यमन्त्री तामाङले सोक्पेका पैह्रो पीड़ितहरूलाई मुख्यमन्त्री आपदा राहत कोषमार्फत एक-एक लाख रुपियाँ प्रदान गर्ने घोषणा गरे। फिदाङवासीसँग यातायात सम्पर्क सुचारु गराउन कसरी सकिन्छ अनि तत्काल थप राहत दिलाउनेबारे मुख्यमन्त्रीले सम्बन्धित अधिकारीहरू साथै स्थानीयहरूसँग कुराकानी गरे। सोही प्रकारले हिजो जोखिममा रहेको मंगन जाने सड़क मार्ग टिस्टाले लगेपछि हाल डिक्चुदेखि मंगन जाने सड़क मार्ग बन्द रहेको छ। तथापि, भित्ता काटेर पुनः यातायात सुचारु गराउन सम्बन्धित निकायले निरन्तर कार्य गरिरहेको छ।

योसँगै मुख्यमन्त्री तामाङले आज डिक्चु बाँधको पनि स्थलगत निरीक्षण गर्दै त्यसको स्थितिबारे जानकारी लिए। यस अवधि उनीसँग राज्यका भू-कर एवं आपदा प्रबन्धन विभागीय मन्त्री कुङ्गा निमा लेप्चा, कृषि मन्त्री लोकनाथ नेपाल, जङ्गुका विधायक पिञ्छो नामग्याल लेप्चा, तुमिन लिङ्गीका विधायक उगेन ग्यात्सो भोटिया, जिल्ला अध्यक्ष बलाराम अधिकारी लगायत अन्यको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement