गान्तोक: राज्यको पर्यटन विभागद्वारा प्राप्त जानकारी अनुसर आज चुङथाङमा फँसेका दस जना पर्यटकलाई सुरक्षित ल्याइएको छ।
उल्लेखनीय छ, गत ४ अक्टोबरमा उत्तर जिल्लामा अवस्थित ल्होनाक झील फुटेपछि टिस्टा नदीको जलस्तरमा अचानक वृद्दि भयो, जसको कारण राज्यका धेरै ठाउँहरूमा धनजनको व्यापक क्षति भएको छ।
यसै क्रममा उत्तर जिल्लाको भ्रमणमा रहेका देशका विभिन्न भागका पर्यटकहरू केही दिनदेखि उतै दिनरात बिताउन बाध्य बनेका छन्।
सडक मार्ग नरहेपछि पर्यटकहरूले उत्तर जिल्लाको लाचेन- लाचुङमा बस्दै आइरहेका छन्। मंगनदेखि लाचेन, लाचुङ र चुङथाङलाई जोडने एक मात्र सडक सम्पर्क विहिन बनेपछि उत्तर जिल्लाको भ्रमणमा रहेका पर्यटक गान्तोक साथै आफ्नो जन्मथलो जान सकेका थिएनन्। तर आज दस जना पर्यटकहरूलाई भने सुरक्षित मंगनमा ल्याइएको छ। उनीहरूलाई मंगनको पर्यटन विभागले स्वागत जनाएपछि गान्तोक ल्याएको छ। दस जना मध्ये केही पर्यटकहरू सुरक्षित सिलगढी पुगिसकेको पनि जानकारी गराइएको छ। हाल पर्यटकहरूलाई आफ्नो गन्तव्य स्थल पुऱ्याउनको निम्ति उद्दार टोलीले निरन्तर काम गरिरहेको छ।