गेजिङ जिल्लाकी जिल्लापालले गरिन् आवश्यक खाद्य भण्डारणबारे सभा

IMG-20231008-WA0259.jpg

गेजिङ: गेजिङ जिल्लाका जिल्लापाल हिस्से डी. योङदाको अध्यक्षता आवश्यक खाद्य सामग्रीको भण्डारणबारे एक सभा सम्पन्न भयो। सभामा विशेष गरेर आवश्यक खाद्य सामग्रीसहित एलपीजी ग्यासको भण्डारणबारे उनले जानकारी लिइन्।

यस सभामा डीसीएसओले वर्तमान समयमा आवश्यक खाद्य सामग्री भण्डारणको विस्तृतरूपमा अवगत गराए। उनले जानकारी गराए अनुसार जलपाईगढीको रानीनगर बोल्टिङ प्लान्टदेखि प्रत्येक सप्ताह सातवटा ट्रक पश्चिम र दक्षिण जिल्लामा प्रतिदिन आउने गरेको जिल्लापाललाई जानकारी गराए।

यसरी नै एमएस र एचएसडीले जानकारी गराए अनुसार सिलगढी डिपोदेखि दुईवटा ट्याङकर प्रस्थान भएको र सोमबार आइपुग्ने छ। यसै क्रममा जिल्लापालले चार प्रभावित जिल्लाहरूलाई उच्च प्राथमिकता दिनुपर्ने आवश्यक रहेको र सडक अवरुद्धलाई ध्यानमा राख्दै अत्यावश्यक वस्तुमध्ये राशनको लागि आदेश जारी गरिएको सबैलाई बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement