प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकार सिक्किममा सामान्य स्थिति पुनर्बहाल गर्न प्रयासरत

Mos3

गृह राज्य मन्त्री अजय कुमार मिश्रले गरे सिक्किमको भ्रमण

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकार सिक्किमका जनतासँग एकजुटताका साथ खड़ा छ र राज्यमा सामान्य स्थिति पुनर्बहाल गर्न कुनै कसर बाँकी राखेको छैन। ग्लेशियल लेक आउटबर्स्ट फ्लड (जीएलओएफ)/क्लाउड बर्स्ट/फ्लश फ्लडको घटना भएको एक दिनभित्र केन्द्रीय गृह मन्त्री तथा सहकारिता मन्त्री श्री अमित शाहले गृह राज्य मन्त्री अजय कुमार मिश्रालाई सिक्किमको भ्रमण गर्नका लागि नियुक्त गरे। मन्त्री अजय कुमार मिश्रा हिजो राति गान्तोक पुगे र आज बिहान गान्तोकमा मुख्य सचिव र राज्य सरकारका सम्बन्धित विभागका प्रमुखहरू र सेना, आईटीबीपी, बीआरओ, एनएचआईडीसीएल र एनएचपीसीका वरिष्ठ अधिकारीहरूसँग एउटा बैठकको अध्यक्षता गरे।

बैठकलाई सम्बोधन गर्दै राज्य मन्त्रीले भारत सरकारले सिक्किमको स्थितिलाई नजिकबाट नजर राखिलिरहेको र राज्यका लागि आवश्यक सबै समर्थन तथा सहयोग जारी भइरहेको बताए। उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाह क्षतिको सीमा र उद्धार तथा राहत कार्यका लागि राज्यका मुख्यमन्त्रीसँग निरन्तर सम्पर्कमा छन्। गृह राज्य मन्त्रीले थप जानकारी दिएअनुसार भारत सरकारले कृषि, सडक परिवहन तथा राजमार्ग, जल शक्ति, ऊर्जा र वित्त गरी भारत सरकारका पाँच मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित एक अन्तर-मन्त्रालयीय केन्द्रीय टोली गठन गरेको छ। उक्त टोलीले ८ अक्टोबर आइतबारदेखि राज्यको स्थलगत स्थितिको अवलोकन, क्षतिको आकलन र आवश्यक परे सहयोग उपलब्ध गराउनेछ।

केन्द्रीय राज्य मन्त्रीले थप जानकारी दिएअनुसार केन्द्र सरकारले राज्यलाई तत्काल उद्धार, राहत तथा पुनर्बहाल गर्नमा सक्षम बनाउन २०२३-२४ को लागि आवन्टित एसडीआरएफको अग्रिम मजुरी प्रदान गरेको छ। केन्द्रीय राज्य मन्त्रीले आफ्नो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकारले राज्य सरकारका अधिकारीहरूलाई क्षतिग्रस्त/गुमेका बुनियादी ढाँचाहरूको पुनर्निर्माणको कार्यलाई प्रभावकारी रूपमा पूरा गर्नका लागि सबैभन्दा छोटो समयमा एक अल्पकालीन र दीर्घकालीन योजना तयार गर्न आग्रह गरेको जानकारी दिए। यसअघि, सिक्किमका मुख्य सचिवले केन्द्रीय राज्य मन्त्रीलाई ४ अक्टोबरको बिहानदेखि लिएर हालसम्म भएको घटनाक्रम र हानिको सीमाको बारेमा जानकारी गराएका थिए। उनले केन्द्रीय राज्य मन्त्रीलाई सडक तथा दूरसचार, पानी र बिजुली जस्ता अन्य महत्त्वपूर्ण बुनियादी ढाँचालाई भएको व्यापक क्षतिबारे अवगत गरो। उनले जनहानिको अवस्था र राहत शिविरको अवस्थाबारे जानकारी गराएका थिए। यस अतिरिक्त, उनले सेना, एनडीआरएफ, बीआरओ, आईटीबीपी र अन्य सबै एजेन्सीहरूसँग सक्रिय समन्वयमा राज्य सरकारले चालेका कदमहरूको एक व्यापक सारांश दिए।

यसअघि आज केन्द्रीय राज्य मन्त्री अजय कुमार मिश्राले सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई राजभवनमा भेटेर संकट समाधान गर्न केन्द्र सरकारबाट राज्यलाई सबै सम्भव सहयोग गर्ने आश्वासन दिएका थिए। दिउँसो मन्त्री मिश्रले सबैभन्दा बढी जनहानि भएको बरदाङस्थित सैन्य शिविरको भ्रमण गरेका थिए। केन्द्रीय राज्य मन्त्रीले ८ अक्टोबरमा सिक्किमका मुख्यमन्त्रीसित भेटघाट गर्नेछन् र प्रभावित क्षेत्र र राहत शिविरको भ्रमण गर्नेछन्। आईटीबीपीले ३ अक्टोबर रातिदेखि नै बचाउ अभियान संचालन गरेको छ र १७५ जनाभन्दा अधिक मानिसहरूलाई बाहिर निकालेको छ र आफ्ना विभिन्न शिविरहरूमा राहत केन्द्र संचालन गरिरहेको छ। ४० जना मानिस पूर्ण रूपमा विच्छिन्न बनेको क्षेत्रमा फसेका थिए, उनीहरूलाई अत्यन्त खतरनाक इलाकाबाट केबल र डोरीको माध्यमद्वारा उर्लँदो नदीबाट निकालिएको छ। यस अतिरिक्त बाँध सुरुङको अर्को छेउमा फसेका थप ६ जनाको उद्धार गरिएको छ। १६००० फिटको उचाइमा अवस्थित झानकमा ६८ जना फसेका थिए र सबैलाई सकुशल उद्धार गरी गोमास्थित आईटीबीपी शिविरमा ल्याइयो। चार अलपत्र परिवारलाई आईटीबीपीको लाचुङ बीओपीमा ल्याइयो र उनीहरूले त्यहाँ डेरा लगाएका छन्।

एनडीआरएफका चार टोली तैनाथ छन् र उनीहरूले पनि १७८ जनालाई उद्धार गरेका छन्। पर्यटकलाई लाचुङ र आईटीबीपी अनि भारतीय सेनाका २ फरक स्थानबाट सेटेलाइट फोनमा आफ्ना आफन्तजनसँग सम्पर्क गराउने सुविधा उपलब्ध गराइएको छ। भारतीय वायु सेनाका हेलिकप्टरहरू मौसमको स्थितिको आधारमा हवाई बचाउ कार्य शुरु गर्नका लागि तयार छन्। सेनाका जवानहरू आवश्यक खोज तथा उद्धार उपकरणका साथ बहाली कार्यमा राज्य प्रशासनलाई सहायता गरिरहेको छ। पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement