मानव उत्थान सेवा समिति खरसाङद्वारा रक्तदान शिविर

IMG-20231008-WA0201.jpg

खरसाङ: मानवता अनि सद्भावनाका परिचायक सदगुरुदेव श्री सतपालजी महाराजजीको प्रेरणा अनि दिशा निर्देशनमा मानव उत्थान सेवा समिति, खरसाङ तहसिलद्वारा श्री हंस ज्ञानबोध आश्रममा रक्तदान शिविरको आयोजना गरियो।

खरसाङ तहसिल प्रभारी महात्मा सुष्मा बाईजी साथै खरसाङ महकुमा अस्पतालका डाक्टर पार्थ कुन्डुले दीप प्रज्ज्वलन गरेर शिविरको शुभारम्भ गरे। उक्त रक्तदान शिविरमा समिति अनि मानव सेवा दलका जम्मा १६ जना सदस्यहरूले रक्तदान गरे जसमा खरसाङ नगरपालिकाका दुईजना कर्मचारीहरू लगायत स्थानीय बासिन्दा पवित्र सुब्बाले पनि रक्तदान गरिन्।

उक्त रक्तदान शिविरलाई सुचारू रूपले सम्पन्न गर्नका निम्ति खरसाङ महकुमा अस्पतालका डाक्टर पार्थ कुन्डुका साथमा तक्निकी कर्मचारीका एक टोलीमा सुनिल गिरी, संगम छेत्री, अभिषेक प्रधान, अजय पान्डे, सृष्टिका तामाङ उपस्थित थिए। उक्त रक्तदान शिविरमा रक्तदान गर्ने सबै सदस्यहरूलाई खरसाङ महकुमा अस्पतालको तर्फबाट प्रमाण पत्र प्रदान गरियो भनी बिजकमल राईले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement