खरसाङ: प्रजातान्त्रिक असंगठित श्रमिक संगठनकाे सभा आज खरसाङको सुबेदार बस्ती समाज भवनमा एल्जिन ब्राह्मणको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभा विशेष गरेर बढ्दाे दैनिक हाजिरा विषय लिएर राखिएको थियो। केही दिन अघि मात्र लिखित रुपमा एउटा पत्र संगठनलाई आएका थियो साथै दिनहुँ साधारण मानिसहरुकाे गुनासो रहिआएको छ कि बढ्दाे हाजिराले आम मानिसहरूलाई घर निर्माण गर्न धेरै असुविधा भईरहेकाे बताइएको थियो। यस विषयमा श्रमिक संगठनकाे माध्यमबाट आम नागरिकहरुलाई दैनिक हाजिरा कम गराएर केही राहत दिनुपर्छ भन्ने लिखित रुपमा पत्र आएको थियो। उक्त विषयलाई मध्य नजर राखेर आजकाे सभामा छलफल गरेवापत् अब उसाे सिमेन्ट, काठ, टाईल्स, रड, मिस्त्रीकाे रेट ८०० ढुंगा फुटाउने साथै रंग पुटिन गर्ने मिस्त्री काे ७०० रहनेछन् साथै हेल्परकाे ६०० देखि माथि माग्नु पाउने छैन। यदि यस रेट विषय विरुद्ध कसैलाई गुनासो छ भने संगठनका प्रतिनिधिहरुसँग जाेगाजाेक गर्ने सभामा जनाएको छ। खरसाङ क्षेत्रहरुमा दैनिक रुपमा काम गर्ने कामदारहरुले अब उसाे संगठनसँग जाेडेकै हुनुपर्छ भन्ने कुरा पनि सभामा राखिएको छ। सभामा सेल्समेन सेक्टरका सदस्यहरु पनि उपस्थित थिए। खरसाङ बजार साथै वरिपरिका दाेकानपाटमा काम गर्ने कर्मचारीहरु पनि संगठनसित जाेडिनुपर्छ साथै उनीहरुकाा समस्याकाे सामाधानपट्टि पनि संगठनले काम गर्ने निर्णय लिएका छन् भने सेल्समेन सेक्टरका संयाेजकहरुकाे रुपमा प्रसाद शर्मा, निर्मल प्रधान, मनि गुरुङ, राकेस राेका, पुरण छेत्रीलाई नियुक्त पत्र प्रदान गरियाे। आजकाे सभामा मूल सचिव शरण विश्वकर्म, उप सभापति उदय गुरुङ, हर्कबहादुर विश्वकर्म, भीम प्रधान, सह सचिव रञ्जन तामाङ, सांगठनिक सचिव नवीन शेर्पा, शनि तामाङ साथै कार्यकारी सदस्यहरुकाे उपस्थित थिए भनी जानकारी प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिको अध्यक्ष एल्जिन ब्राह्मणले दिएका छन्।