सोमबारदेखि स्कूलहरू सञ्चालन गरिने
टिस्टा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चेयरम्यान साथै प्राथमिक शिक्षाको प्रमुख राजेस चौहान र शिक्षा विभागका अधिकारीहरूले आज प्राकृतिक प्रकोप क्षेत्रहरू टिस्टा, मल्ली र रम्फु क्षेत्रमा रहेका प्राथमिक पाठशालाहरूका निरीक्षण गरेका छन्। उक्त टोलीले टिस्टा, मल्ली र रम्फुका विभिन्न प्राथमिक पाठशालाहरूका निरीक्षण गरेर क्षय क्षतिहरू विषयमा जानकारी संकलन गरेका थिए। उक्त टोलीमा डेपुटी चेयरम्यान राजेस चौहान लगायत शिक्षा विभागका निर्देशक, कालेबुङका डीआई, एसआई र कालेबुङका खण्ड एकको शिक्षा विभागका कर्माध्यक्ष साथै अन्यहरू उपस्थित रहेका थिए। यस टोलीले टिस्टा जुनियर बेसिक पाठशाला, मल्ली प्राथमिक पाठशाला, तारखोला फरेस्ट प्राथमिक पाठशाला र देवान प्राथमिक पाठशालाको निरीक्षण गरेका छन्। उक्त निरीक्षणपछि पत्रकारहरूसित कुराकानी गर्दै जीटीएका डेपुटी चेयरम्यान राजेस चौहानले अाज प्राकृतिक प्रकोपमा रहेका टिस्टा, मल्ली र रम्फुमा रहेका चारवटा प्राथमिक पाठशालाहरूका निरीक्षण गरिएको र सबै प्राथमिक पाठशालाहरू सुरक्षित रहेको र स्कूल सञ्चालन हुने स्थितिमा रहेको बताएका छन्। उनले आज हामीले सबै डाटाहरू संकलन गरेका छौं र भोलिदेखि हामी स्कूलमै गएर नानीहरूलाई चाहिने यर सामानहरू प्रदान गर्नेछौं भनी बताएका छन्। चौहानले अघि भने, विद्यार्थीहरूलाई चाहिने युनिफर्मक लागि स्कूलमै टेलर बोलाएर बनाउन लगाउने साथै स्कूलदेखि टाड़ामा रहेका राहत शिविरमा बसेका नानीहरूका लागि साथै कालेबुङ पढ्नो विद्यार्थीहरूका लागि गाड़ीको व्यवस्था गरिएको छ।’