ब्रान्डेड कम्पनीको नाममा नकली कस्मेटिक्स जफत

IMG-20220518-WA0150.jpg

कालचिनी। कालचिनी खण्डको भारत भोटाङ सीमान्त सहर जयगाउँको केही कस्मेटिक्स दोकानहरुमा ठूला ठूला ब्रान्डेड कम्पनीको कस्मेटिक्सको नकली उत्पादहरु बिक्री भईरहेको थाह पाएर यसको गुनासो ब्रान्डेड कम्पनीले जयगाउँ थानालाई गरेपछि आज जयगाउँ थानाले विशेष अभियान चलाउँदा केही कस्मेटिक्स दोकानहरुबाट उक्त नकली कस्मेटिक्स समानहरु उद्धार गर्न सफल भएको पुलिस सुत्रले जनाएका छन।
प्राप्त जानकारी अनुसार ब्रान्डेड कम्पनीको कस्मेटिक्सको समानहरु कम बिक्री भईरहेकोले सर्भे टीमले जयगाउँमा घुमेर हेर्दा नकली उत्पादहरु दोकानहरुमा राखिएको भेटाएर यसको नालिस जयगाउँ थानामा गरिएको थियो भने आज जयगाउँ थानाको पुलिसबलले केही कस्मेटिक्स दोकानहरुबाट उक्त नकली ब्रान्डका समानहरु जफत गरेको थियो भने यस सम्बन्धमा केही दोकानदारहरुलाई सोधकोजको निम्ति थानामा बोलाईएको पुलिस सुत्रले जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement