टिस्टा: मानव उत्थान सेवा समिति दार्जिलिङ मण्डल अन्तर्गत दार्जिलिङ, खरसाङ, मिरिक, बिजनबारी, मंग्पु तहसिलद्वारा टिस्टामा रहेको प्राकृतिक प्रकोप क्षेत्रमा राहत सामाग्रीहरू वितरण गरिएको छ।मानव उत्थान सेवा समितिको तर्फबाट टिस्टा क्षेत्रमा रहेको बाढ़ पिढीतहरूलाई विभिन्न राहतको सामाग्रीहरू जस्तै किचनमा चाहिने विभिन्न सर सामानहरू, लुगाफाटाहरू आदि वितरण गरिएको छ। उक्त राहत सामाग्रीहरू वितरण कार्यमा मानव उत्थान सेवा समितिको सन्त महात्माहरू, कार्यकर्ताहरू र सेवा दलका प्रतिनिधिहरू उपस्थित भएर टिस्टामा राहत सामाग्रीहरू वितरण गरेका थिए। उक्त राहत सामाग्रीहरू वितरण कार्य विषयमा मानव सेवा दल दार्जीलिङ जिल्ला संयोजिका संयोजिका सीमा छेत्री र महात्मा शैल बाइजीले विस्तृत रूपमा बताएका छन्। उनीहरूले राहत वितरणमा फेरि पनि आउने बताएकी छन्। महात्मा शैल बाईजीले बताए अनुसार मानव उत्थान सेवा समितिले सिक्किम र मल्ली, रम्फु क्षेत्रमा पनि राहत वितरण गरिरहेका छन् भने आफुहरूले टिस्टा क्षेत्रमा राहत वितरण गर्ने जिम्मेवारी पाएको र यस क्षेत्रको चारवटा ठाउँहरूमा वितरण गरिएको बताएकी छन्। उनले आज हामीले यहाँ बाढ पिढीतहरीका लागि किचनका विभिन्न सर सामानहरू र लुगाफाटा साथै भित्री लगाउने लुगाहरू पनि वितरण गरिएको बताइन्। उनले यसपछि पनि हामी यहाँ राहत वितरणको लागि आउने जनाएकी छन्।