नक्सलबाड़ी: सिलगढ़ी महकुमाको नक्सलबाड़ीको सातभाइया क्षेत्रबाट आइतवार एक व्यक्तिको शव घरभित्र भेटियो। मृतकको नाम निरल मुण्डा (४१) बताइएको छ।

प्राप्त जानकारी अनुसार, आज बिहान परिजनहरूले घरको कमरामा निरलाको शव पासो लगाएर झुण्डिरहेको देखे। यसको सूचना नक्सलबाड़ी थाना पुलिसलाई दिइयो। सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो र शवलाई पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठायो। नक्सलबाड़ी थाना पुलिसले पूरा घटनाको जाँच शुरू गरेको छ।