नयाँ दिल्ली: रक्षामन्त्री राजनाथ सिंहले आगामी ९ देखि १२ अक्टोबरसम्म इटली र फ्रान्सको भ्रामण गर्नेछन्। आफ्नो दुई दिवसीय यात्राको पहिलो चरणमा रक्षामन्त्रीको रोममा इटलीका रक्षामन्त्री गुइडो क्रिसेटोसित भेट गर्ने कार्यक्रम रहेको छ।
रक्षामन्त्रालयले आइतवार एक विज्ञप्ति मार्फत यस आशयको जानकारी गराएको छ।
गत मार्च २०२३- मा इटलीका प्रधानमन्त्री भारत यात्रामा आएका बेला भारत-इटली सम्बन्धलाई रणनीतिक साझेदारीसम्म बढाइएको थियो।
रक्षा मन्त्रालय अनुसार दोस्रो तथा अन्तिम चरणमा राजनाथ सिंहले पेरिसमा आफ्ना समकक्ष फ्रान्सेली सशस्त्र बल मन्त्री सेबेस्टियन लेकोर्नुसित पाँचौं वार्षिक रक्षा वार्तालाई संचालन गर्नेछन्। भारत एवं फ्रान्सले हालैमा रणनीतिक साझेदारीको २५औं वर्षगाँठको उत्साह मनाएको थियो। यी दुई देशमाझ महत्वपूर्ण औद्योगिक सहयोग सहित गहिरो अनि व्यापक द्विपक्षीय रक्षा सम्बन्ध रहिआएको छ।
रोम र पेरिसमा रक्षामन्त्रीले औद्योगिक सहयोगका सम्भावित अवसरहरूमाथि चर्चा गर्नका लागि रक्षा उद्योगका सीईओ एवं वरिष्ठ प्रतिनिधिहरूसित बातचित गर्नेछन्।