इम्फाल: इम्फाल पश्चिम जिल्ला अधिनस्थ सिङ्गजामेईको युमनाम लेइकाईमा मणिपुरका मन्त्री वाई खेमचन्दको घरको गेट नजिक गए शनिवार राती अज्ञात बाइक सवारहरूले हतगोला फ्याँके।
यस हतगोलाको विस्फोटले सुरक्षामा तैनाथ एक सीआरपीएफ जवान घाइते भएका छन्।
पुलिस सूत्रले आइतवार बताए अनुसार दुई चक्के वाहनमा सवार अज्ञात दुईजना मानिसहरूले मन्त्रीको घरको गेटमा हतगोला फालेपछि त्यहाँबाट सुइँकुच्चा ठोके। यो बम आवास परिसरभित्र विस्फोट भयो। यस विस्फोटमा मन्त्रीको आवासमा सुरक्षाको निम्ति तैनाथ एसआई दास नामक सीआरपीएप जवान घाइते भए, बम जवानको दाहिने हातमा विस्फोट भएको थियो। मन्त्री खेमचन्दले आइतवार मीडियालाई बताए, उनलाई धम्की दिइएको थियो। घटना घटेको समयमा मन्त्री घरमा थिएनन्।
घटनाको जानकारी पाउनसाथ मुख्यमन्त्री एन बीरेन सिंह राती नै स्थितिको जायजा लिन घटनास्थलमा पुगे। उनले बम प्रहारको कड़ा शब्दमा निन्दा गरे अनि आश्वासन दिए कि यस कृत्यको लागि जिम्मेवार दोषीहरूलाई चाँड़ै पक्राउ गरिनेछ।